प्यारी संगीनीको अन्तिम जीवन यात्रा
समय र बाध्याताले मानिसलाई कहाँ कहाँ पुर्याउँदो रहेछ । नसोचेको, नपुगेको, नसुनेको ठाउँमा पुग्नु पर्ने रहेछ । नभोगेको, नगरेको काम गर्नु पर्दो रहेछ । आज म सात समुन्द्रपारी पुगेर खुल्ला आकाशमा उड्न नपाएकी चरी पिंजडामा छट्पटिए झै जिन्दगीको सुनौलो दिनको कल्पना गर्दै ,खोजी गर्दै यो बिरानो देशको बिरानो शहरमा छट्पटी रहेछु । म एक नारी हुँ नारी भए पनि पुरुष सरह कर्तब्य र जिम्मेवारी बोकेकीछु । हरेस खान जानेकी छुईन त्यसैले जिन्दगीमा देश,समाज,परिवार र आफ्नो निम्ती केही गरेर मरौ लागि रहेको छ ।
आज र्इजरायलमा मुटु नै चुडीएला झै धेरै जाडो बढेको छ, एकैछिन नरोकी बर्षात भै रहेछ। हावा, हुन्डरी, तुफान चलिरहेको छ। र पनि मलाई भने पश्चिमतिरको झ्याल बिस्तारै खोलेर समुन्द्रतिर आँखाहरु हुत्याउँन मन लाग्छ। समुन्द्रका छालहरु सामुन्द्रीक आँधी आए झै बिशाल अनगिन्ति छालहरु उर्लिएर ढुङ्गामाठोक्कीदै फर्कन्छन् । मलाई त्यो सुन्दर दृष्यले लोभ्याउँदा उतै दौडीएर जाउँ झै लाग्छ । त्यही छालको छल्कोसंगै रमाउँ झै लाग्छ। किन हो किन आज अत्यान्तै रमाईलो महशुस भै रहेकोछ। तर यस्तो रमाईलो वातावरण हुँदाहुँदै पनि हावा हुन्डरीसंगै घनाघोर बर्षात भएकोले एक्कासी मेरो छाती चसक्क घोच्यो। अनायासै मेरो बालापनको झझल्को यि आँखा वरीपरी नाच्न थाल्यो। म सानो छँदा बर्षात असाध्यै मन पराउँथे। जब आकाश गड्याङगुडुङ गरेर झरी पर्नथाल्थ्यो तब म हतार हतार लुगा खोलेर मेरी साथी तारालाई बोलाई हामी दुई पानीमा रुझ्न थाल्थिउ। उनीसंग बिताएको ति क्षण अब मेरो निम्ती सम्झना मात्र बनेको छन। सायद उनी यतैकतै आँधी हुरी भएर मेरै वरीपरी होलीन भान्ने भान भैरहेकोछ।त्यो समुन्द्रको छाल हुन्डरीले हुईक्याएर मेरो अनुहारसम्म पानीको छिटा चिसो आईपुग्दा म झस्किए। अनि हतार हतार झ्याल बन्द गरे। ढुकढुकीको तेज एक तमामले बढिरहयो।
मलाई
लाग्छ दुख र सुख ,मिलन
र बिछोड,रुनु
र हाँस्नु नै जिन्दगीको संगम हो। तर यिनै जिन्दगीमा सुखदुखका कुईनेटाहरुसंग सम्झौता
गर्न नसक्दा मानिसले आफ्नो जिवनलाई कलङकीत बनाउँछन् । मृत्युको
मुखमा पुर्याउँछन र आत्महत्या गर्दछन |
आज यस्तै कुराहरुले मलाई धेरै पोलि रहेकोछ। यो मनमा त्यसै उकुसमुकुस भैरहेको छ। मेरो बाल्यकालको संगिनीको धेरै याद आर्इरहेकोछ आज | संगसंगै एउटै आँगनमा खेलेर हुर्केका हामी, उनले यति अमुल्य जिन्दगीलाई चिन्न ,बुझ्न र सम्झौता गर्न नसक्दा जीवन यात्रा नै अन्त्य गरीन् ।
आज म उनीसंग बाल्यकाल बिताएका क्षणहरु यसरी सम्झिदैछु।
जबदेखि मलाई बाल्यकालको स्मरण छ । त्यही बेला देखी हामीसंगै हास्दै, खेल्दै, नाच्दै, झगडा गर्दै हुर्किएका थियौ | त्यो समय कति रमाईलो थियो। त्यो बालापनको आनन्दमय पलहरुमा | हामीसंगै स्कुल जान्थ्यौ र फर्कन्थ्यौ | दिनमा एक चोटी हामी झगडा गरेकै हुन्थ्यौ | एकैछिन भेट भएनौ भने खोजाखोज गर्थ्यौ र एकै छिनमा मिल्थ्यौ| हामी सारै झगडालु भएकोले दशैको साईत पारी आमाबाबाहरु मिलेर हामीलाई भालु मित लगाई दिएका थिए | यसरी नजानिदो तरीकाले हामी मितीनीको सम्बन्धमा बाधियौ र त्यसपछी भने कहिल्यै झगडा गरेनौ | हाम्रो उमेर पनि लगभग आठ बर्षको भएको थियो | तारा सारै राम्री थिईन, उन्को आमा जातमा बाहुन थिईन र बाबा प्रधान भएकोले सबैले ठ्याम्बर भएकोले सारै राम्री भएकी भन्थे | उन्लाई हेर्दा पुरानो फिल्म की हिरोईन स्वर्गिय नबिना श्रेष्ठ जस्ती देखिन्थिन | उन्लाई सबैले जिस्काएर नबिना भनी बोलाउँथे| हामी एउटै उमेरका थियौ | केही महिनाले मात्र उनी म भन्दा ठुली थिईन | पढ्नमा ज्यादै तगडा र खेलकुदमा पनि ज्यादै ईच्छुक थिईन | प्रत्येक सालको महिला दौडमा उनि नै प्रथम हुन्थिन। दौडको पुरस्कार उन्कै हातमा हुन्थ्यो | म भने खेलमा ईच्छा भएर पनि खेल्न सक्दिन थिए | हाजिरी जवाफ र बादबिवादमा मात्र भाग लिन्थे| हाम्रो घरबाट स्कुल पुग्न लगभग पचास मिनट हिडेर जान लाग्थ्यो |बाटोभरी हास्दै, चल्दै, खेल्दै जाने आउँने गर्थिउ | राम्रो फिल्म हलमा लाग्यो भने स्कुल नगईकन भागेर सिनेमा हेर्न पुग्थ्यौ | शनिबारका दिनहरुमा चारकोसे झाडीमा कुसुम टिपेर खान पुग्थ्यौ | दिनभरी जङ्गलमा रमाईलो गरेर साँझपख घर फर्कन्थ्यौं | कहिलेकहि त बाबाआमाको पिटाई पनि खानु पर्थ्यो । खेदाउँनु हुन्थ्यो अनि भाग्थ्यौ | उनि संगको बाल्यकाल लगभग दश बर्ष यसरी नै रमाईलो गरी बित्यो |
समयको अन्तरालसंगै बड्दो उमेर हामी चौध बसन्तको खुड्किलामा हिड्दै थियौ। उनिसंगको त्यो रमाईलो क्षण, त्यो रमाईलो दिन सायद दैबलाई पनि पचेन होला।हामीलाई समयले, बाध्यताले, परिस्थितीले यसरी छुट्याई दियो धेरै टाढा टाढा। तर हामी टाढा रहे पनि तन, मन, चाहनाले नजिक थियौ र बारम्बार पत्र मार्फत भेट भै रहन्थ्यौ। म बर्षमा एक पटक गाउँमा आउँथे। अनि सबैभन्दा पहिले उनिलाई नै भेट्थे। अनि उहि पुरानो हर्कतहरु दोहोर्याउँने गर्थ्यो । सिनेमा हेर्न जाने, मिठा मिठा कुरा गर्ने गर्थ्यौ | र फेरी म फर्कने बेलामा छुट्न उस्तै गार्हो हुन्थ्यो | म आफ्नो घर जानु दुईचार दिन