९ अप्रिल २०१२ हङकङ ।
हङकङमा सम्पन्न मेरो साँझ कार्यक्रममा सिताराम कट्टेल र कुञ्जना घिमिरेले ‘मेरी बास्सै’ को जिवन्त अभिनय नेपाली दर्शक सामु पस्केका छन् । मेरी बास्सैको हास्य जोडीसंगै शितल तथा सुवानी मोक्तान दिदिबहिनीले आफ्ना कर्ण प्रिय स्वरद्वारा उपश्थित दर्शकहरूको वाहवाही बटुलेका थिए । मोक्तान दिदिबहिनीलाई लाखौं तारा चाहिन्न, तिम्रो नाम भए पुग्छमा दर्शकहरूले पनि साथ दिएर गायका थिए ।

हरेक नेपाली सच्चा नागरिक बन्नुपर्ने औल्याउँदै प्रस्तुत गरिएको प्रहसन ‘सच्चा नागरिक’बाट सिताराम तथा कुञ्जनाले थप दर्शकको मन जितेका थिए । स्वीटचेली ग्रुप र तमु कलाकार समुहको नृत्यले कार्यक्रमलाई निक्कै मनोरञ्जनात्मक बनाएको थियो ।

मिस पर्ल हङकङको आयोजनामा प्रस्तुत गरिएको कार्यक्रमलाई सुनिता राईले सञ्चाल़न गरेकी थिईन । कार्यक्रममा सहभागि कलाकारहरू तथा सहयोगदाताहरूलाई प्रमाण पत्रद्वारा सम्मानित गरिएको थियो । स्थानिय वेव मोजफन अफिसियल प्रचारक रहेको यस कार्यक्रमलाई जेपीटीएचके, मूलबाटो तथा नेप्सटाईम डटकमले सहयोगी प्रचारकको भूमिका निभाएका थिए ।
फोटो: बिनय शाह
